scheduleआइतवार मंसिर २९ गते, २०७६

TAG

Tag: विश्वकर्मा समाज
    प्रकाश सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग
    प्रकाश सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग
    विश्वकर्मा समाज

    बागलुङ, ११ असार । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । ‘नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि समाजले सबैसँग आग्रह गरेको छ । ‘कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य छैन’, समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । गायक तथा सर्जक सपुतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिर आएको थियो । गायक तथा सङ्गीतकार राईले...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage