scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: शाह महमूद कुरैशी
    युएन सभामा भारतमाथि पाकिस्तानद्वारा यस्तो आरोप
    युएन सभामा भारतमाथि पाकिस्तानद्वारा यस्तो आरोप
    शाह महमूद कुरैशी

    एजेन्सी, १५ असोज । संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतमाथि पाकिस्तानमा आतंकवादी गतिविधिको समर्थन गरेको आरोप लगाएका छन् । साथै उनले सभामा सम्बोधनमो क्रममा कश्मीर मुद्दालाई पनि उठाएका छन् । कुरैशीले कश्मीर मुद्दा हल नभएसम्म दक्षिण एसियामा शान्ति स्थापित हुन नसक्ने बताएका छन् । केही साता अघि भारतले रद्द गरेको भारत र पाकिस्तानको विदेशमन्त्रीस्तरीय भेटवार्ताको पछाडी कुरैशीले भारतलाई दोषी देखाएका छन् । उनले भारतीय सरकारले महिनौं पुरानो डाक टिकटको मुद्दालाई उठाएको र वार्ताबाट पछि हट्नका लागि मानव अधिकार उल्लंघन र पैलेट गन पीडित जस्ता बहाना बनाएको आरोप लगाएका छन् । भारतले जम्मू कश्मीरमा तीन प्रहरीको बर्बरतापूर्वक भएको हत्या र इस्लामावादद्वारा कश्मीरी उग्रवादी बुरहान वानीमाथि डाक टिकट जारी गरेको आरोप लगाउँदै वार्ता रद्द गरिदिएको थियो । विदेशमन्त्री कुरैशीले पछिल्लो ७० वर्षदेखि युएनको सुरक्षा परिषदमा कश्मीर मुद्दा महत्वपूर्ण एजेण्डाको रुपमा...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage