scheduleआइतवार मंसिर २९ गते, २०७६

TAG

Tag: शिवमाया तुम्बाहाङ्फे
    ‘तीनै सरकारबीच समन्वय हुनुपर्ने’
    ‘तीनै सरकारबीच समन्वय हुनुपर्ने’
    शिवमाया तुम्बाहाङ्फे

    उर्लाबारी, २७ माघ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छन् । मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताइन् । उनले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखिन् । उनले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताइन् । उनले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार राखिन् । उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक अधिवेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भइरहेको बताइन् । नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगर प्रमुख खड्गबहादुर फागोले बताए । रासस  

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage