scheduleबिहिवार बैशाख १२ गते, २०७६

TAG

Tag: श्रीदेवि
    ‘तत्काललाई श्रीदेविको बायोपिक निर्माण गर्ने कुनै योजना छैन’
    ‘तत्काललाई श्रीदेविको बायोपिक निर्माण गर्ने कुनै योजना छैन’
    श्रीदेवि

    काठमाडौँ, २७ पुस । बलिउड एक चर्चित अभिनेत्री थिइन् श्रीदेवि । सन् २०१८ मा उनको मृत्यु भएको थियो । श्रीमान बोनी कपुरले उनको बायोपिकलाई लिएर फिल्म निर्माण गर्ने हल्ला बाहिर आइरहँदा उनले यसबारे प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘तत्काललाई कुनै योजना रहेको छैन । तर, मैले उनको नामलाई लिएर कपी राइट दर्ता भने गराएको छु । उनको नामलाई लिएर कसैले गलत तवरले फाइदा नउठाहोस् भन्ने मेरो चाहना हो ।’ बोनी कपुरले श्रीदेविसँग सन् १९९६ मा विवाह गरेका थिए । जेठी श्रीमतीलाई डिभोर्स दिदै उनले श्रीदेविसँग विवाह गरेका थिए । बलिउडमा कुनै समय एकलौटी राज गरेकी यी अभिनेत्रीको मृत्युपछि बायोपिक निर्माण गर्न केही फिल्म निर्माताहरु ललायित देखिएका थिए । तर, बोनी कपुरले भविष्यको कुरा तत्काल गर्न नमिल्ने र हाललाई कुनै योजना नरहेको बताएका हुन् ।  

    आजको लोकप्रिय

    Vianet
    NTC
    Sajhajob