scheduleमगलवार भाद्र ३१ गते, २०७६

TAG

Tag: साझाजब
    ‘साझाजबले जागिर खाने र खुवाउने दुवै पक्षलाई जोडिरहेको छ’
    ‘साझाजबले जागिर खाने र खुवाउने दुवै पक्षलाई जोडिरहेको छ’
    साझाजब

    काठमाडौं, १७ भदौ । पोखरा-१५ नयाँ गाउँका २८ वर्षीय युवा रमेश दाहाल यतिबेला रोजगारीका लागि पुलको भूमिकामा छन् । लामो समयदेखि स्वरोजगारी, रोजगारी तथा व्यावसयिक तालिम सञ्चालन गर्दै आएको जिनियस सर्भिस नेपालका दाहाल अब जागिर र कामदार दुवै खोजिदिने रोजगारी सेवा लिएर आएका हुन् । पुतलीसडकमा कार्यालय रहेको साझाजब डट कम नामको पोर्टल सञ्चालनमा ल्याएका दाहालका अनुसार साझाजबले जागिर खोज्ने व्यक्ति र जागिर दिने संस्थाहरुलाई जोडिदिने काम गर्छ । उनीहरु दुवै पक्षले नयाँ जागिरको अफर दिन र लिन सक्नेछन् । प्रस्तुत छ, साझापोस्टले उनै युवा दाहालसँग गरेको कुराकानीको सम्पादित अंश- साझाजबको सोच कसरी आयो ? हाम्रो वरिपरि अवसरहरु छ्यापछ्याप्ती छन् । आसपास अवसरै अवसर हुँदा पनि कस्तुरीले आफ्नो नाभीको महत्व नबुझेजस्तै हामी भौंतारिइरहेका हुन्छौं । व्यवसाय गरिरहेका साथीहरुलाई स्टाफ खोज्ने चटारो छ भने युवायुवतीलाई जागिर नभेटेर समस्या छ । हामीलाई लाग्यो, यी दुई पक्षलाई जोड्न सकियो भने एउटा नयाँ उद्यम चलाउन सकिन्छ जसले अवसर सिर्जना...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage