scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: सार्वजनिक सुनुवाई
    जहाँ स्थानीय तहले सार्वजनिक सुनुवाई नै गर्दैनन्
    जहाँ स्थानीय तहले सार्वजनिक सुनुवाई नै गर्दैनन्
    सार्वजनिक सुनुवाई

    बझाङ, ८ असार । स्थानीय सरकारले गरेका कामकारबाहीको पारदर्शिताको लागि गरिने सार्वजनिक सुनुवाईको धेरै महत्व छ । तर, स्थानीय सरकार गठन भएको दुई वर्ष हुनै लाग्दा पनि बझाङका स्थानीय तहले समयमै सार्वजनिक सुनुवाइ समेत गर्न सकेका छैनन् । नियमतः हरेक ३—३ महिनामा सार्वजनिक सुनुवाइमार्फत आफूले गरेका काम कारबाहीबारे जनतालाई जानकारी दिनुपर्ने हुन्छ । बझाङका स्थानीय तहहरूले दुई वर्षमा १—२ पटक मात्र सुनुवाइ गरेको पाइएको छ । अहिलेसम्म बित्थडचिर गाउँपालिकाले मात्रै वार्षिक रुपमा ३ पटक सार्वजकि सुनुवाई गरेको पाइएको छ । वित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ वडा अध्यक्ष हर्क धामीका अनुसार अहिलेसम्म वित्थडचिर गाउँपालिकाले ३ पटक चौमासिक सार्वजनिक सुनुवाई, प्रगति प्रतिवेदन जनतासामु पेश गरेको छ । तर बित्थडचिर बाहेक अन्य स्थानीय तहले जम्मा आर्थिक वर्षभरि एक, दुई पटक मात्र सार्वजनिक सुनुवाई गर्ने गरेको पाइएको छ । जिल्लाका केदारस्युँ, सुर्मा, साइपाल, दुर्गाथली, छबिसपाथिभेरा, मष्टा, थलाराले एक पटक मात्र सार्वजनिक...

    आजको लोकप्रिय

    Vianet
    default-addImage