TAG
- सुत्केरीशल्यक्रियापछि सुत्केरीको ज्यान गयो
- सुत्केरीभाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
- सुत्केरीउपचारका क्रममा सुत्केरीको मृत्यु
- सुत्केरीसुत्केरीलाई ‘कुखुरा र घिउ’
- सुत्केरीगर्भवतीलाई नुन र सुत्केरीलाई तेल
- सुत्केरीसुत्केरी प्रोत्साहन भत्तामा वृद्धि
- सुत्केरीसुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
- सुत्केरीसुत्केरीलाई तोरीको तेल
- सुत्केरीसुत्केरी बचाउन जहाज चार्टर

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो
सुत्केरी
म्याग्दी, २६ कात्तिक । धौलागिरी गाउँपालिका २ लुलाङ गाउँमा एक जना सुत्केरीको ज्यान भएको छ। अत्यधिक रक्तश्रावका कारण ३० वर्षीया सतीकला विकको मृत्यु भएको हो। सोमबार राति स्वास्थ्य चौकीमा सतीकलाले बच्चा जन्माएकी थिइन् । अवस्था सामान्य भएपछि उनलाई मंगलबार बिहान घर लगिएको थियो । सतीकलालाई अत्यधिक रक्तश्राव भएको थियो । तर रक्तश्रावले बेहोस भएपछि सतीकलालाई पुनः स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट पोखरा लैजाने प्रयास गर्दागर्दै मंगलबार दिउँसो सतीकलाको ज्यान गएको हो ।सतीकलाले जन्माएका शिशुकोअवस्था भने सामान्य छ। पोखराबाट हेलिकप्टर उड्नै लाग्दा उनको मृत्य भएको थियो । सतीकलाले सोमबार चौथो सन्तान जन्माएकी हुन्।