scheduleमगलवार चैत्र २५ गते, २०७६

TAG

Tag: सौर्यमण्डल
    वैज्ञानिकको अर्को चमत्कार, पत्ता लगाए नयाँ ग्रह
    वैज्ञानिकको अर्को चमत्कार, पत्ता लगाए नयाँ ग्रह
    सौर्यमण्डल

    एजेन्सी, १६ जेठ । खगोलविद्हरुले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह रहेको बताएका छन् । पृथ्वीको आकार बराबरका १८ वटा ग्रह पत्ता लगाएको एक हप्तापछि नयाँ ग्रह भेटिएको घोषणा गरिएको हो । एनजिटिएस-४ बि नामाकरण गरिएको उक्त ग्रह पृथ्वीभन्दा ३ गुणा ठूलो रहेको खगोलविद्को भनाइ छ । यो ग्रह बुध ग्रहभन्दा तातो छ ।  यसको तापक्रम १८ सय ३२ डिग्री फरेनहाडट छ । साथै यसको आफ्नै ग्यासयुक्त वायुमण्डल रहेको समेत बताइएको छ । यो ग्रहले करिब ३२ घण्टा लगाएर आफ्नो नजिकको तारालाई परिक्रमा गर्छ । खगोलविद्को एक समूहले नेक्स जेनेरेशन ट्रान्सिज सर्भे गरी उक्त नयाँ ग्रह पत्ता लगाएका थिए । नयाँ ग्रहसम्बन्धी विवरण सोमबार रोयल एस्ट्रोनोमिकल सोसाइटीको जर्नलमा प्रकाशित भएको थियो । हाम्रो मण्डलभन्दा बाहिर रहेको हुनाले यस ग्रहलाई निषेधित ग्रह (forbidden planet) भन्ने उपनाम समेत दिइएको छ । जर्नलमा प्रकाशित विवरण अनुसार सौर्यमण्डलभन्दा बाहिर रहेको क्षेत्र (Neptunian desert) मा उक्त ग्रह रहेको छ ।  नेप्चुनियन डिजर्ट हाम्रो सौर्यमण्डलभन्दा बाहिर रहेको यस्तो क्षेत्र हो...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage