scheduleशनिवार जेष्ठ ११ गते, २०७६

TAG

Tag: स्टिभ स्मिथ
    स्मिथको कप्तानीमा मुम्बईविरुद्ध राजस्थानको जित
    स्मिथको कप्तानीमा मुम्बईविरुद्ध राजस्थानको जित
    स्टिभ स्मिथ

    एजेन्सी, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा राजिस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ । कप्तानको जिम्मेवारी पाएको पहिलो खेलमै स्टिभ स्मिथले अविजित अर्धशतक जोडेपछि राजस्थानको जित सम्भव भएको हो । १ सय ६२ रनको लक्ष्य पक्ष्याएको राजस्थानले पाँच बल बाँकी रहँदै ५ विकेटको जित निकाल्यो । कप्तान स्मिथ ५ चौका र १ छक्कासहित ४८ बलमा ५९ रनमा अविजित रहे भने रियान परागले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ५ चौका र १ छक्कासहित ४३ रन जोडे । त्यसैगरी,अजिंक्या रहाणे १२ रन बनाए भने बेन स्ट्रोक्स शून्यमै प्याभेलियन फर्किए । एस्टन टर्नर पनि शून्यमा आउट हुँदा सन्जु स्यामसनले १९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडे । मुम्बईका लागि युवा लेग स्पिनर राहुल चाहरले ४ ओभरमा २९ रन खर्चर ३ र जसप्रित बुमराहले १ विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६१ रन जोडेको थियो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ६५ रन जोडे । उनले यसका लागि ४७ बलमा ६...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob