scheduleशनिवार मंसिर २१ गते, २०७६

TAG

Tag: स्ट्रेट अफ होर्मुज
    इरान भन्छ- तेल ट्यांकरको सुरक्षा हामी गर्छौं
    इरान भन्छ- तेल ट्यांकरको सुरक्षा हामी गर्छौं
    स्ट्रेट अफ होर्मुज

    एजेन्सी, ३१ जेठ । इरानले स्ट्रेट अफ होर्मुज हुँदै चल्ने तेल ट्यांकरलाई सुरक्षित राख्ने जिम्मेवारी आफ्नो भएको बताएका छ । बिहीबार तेल ट्यांकरमाथि भएको आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुजको सुरक्षा आफूले गर्ने बताएको हो । ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता देख्नु गलत भएको समेत इरानको भनाइ छ । ‘स्ट्रेट अफ होर्मुजलाई सुरक्षित राख्ने जिम्मेवारी इरानको हो र हामीले आक्रमणमा परेका ट्यांकरका चालकदलका सदस्यलाई यथाशीध्र सकुशल उद्वार गरेका छौं’, इरानी विदेशमन्त्रालयका प्रवक्ता अब्बास मोसाभीले भने, ‘यस खालको शंकास्पद र दु:खद घटनामा इरानलाई दोषी देखाउने कार्य माइक पोम्पओ र अन्य अमेरिकी अधिकारीलाई सजिलो छ तर यस्तो आरोप चिन्ताको विषय हो ।’ प्रवक्ता मोसाभीले इरानी सरकारी रेडियोसँग उक्त भनाइ राखेका थिए । विश्वको करिब २५ प्रतिशत पेट्रोलियम पदार्थ स्ट्रेट अफ होर्मुज हुँदै निर्यात हुन्छ । त्यसैले यो जलमार्गको रणनीतिक महत्व छ । यता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तेल ट्यांकरमाथि भएको आक्रमणमा इरानको...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage