scheduleआइतवार फाल्गुन ११ गते, २०७६

TAG

Tag: स्वास्थ्य बीमा
    डोटी र डडेल्धुरमा पनि फागुनदेखि स्वास्थ्य बीमा
    डोटी र डडेल्धुरमा पनि फागुनदेखि स्वास्थ्य बीमा
    स्वास्थ्य बीमा

    काठमाडौँ, २१ माघ । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो । डोटी र डडेल्धुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिए । सोमबार धनगढीमा आयोजित स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रममा उनले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिए । सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्जुलामा छ हजार बीमित रहेका छन् । बझाङ ३० हजार ४५०, अछाम २७ हजार, बाजुरा २६ हजार ६५०, बैतडीम १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित सङ्ख्या रहेको कार्यक्रममा जानकारी दिइयो । तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage