scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: हरि थापा
    म यसरी वेश्या भएँ
    म यसरी वेश्या भएँ
    हरि थापा

    मध्य दिनको चर्को घाम । टाउको फुट्लाजस्तै भएको थियो । शरीरबाट निस्केको पसिनाको धारा पैतालासम्म पुगेको थियो । खुट्टा फतक्क मासी गलेझैँ भएको थियो । लर्‍याकलुरुक शरीर बनाउँदै बल्ल एउटा रुखको छहारीमा पुग्यौं । यसो हेरेँ, भुईमा दुबो उम्रिएको थियो । थ्याच्चै बस्यौं । सररर हावाले एकैछिनमा ज्यान फुर्तिलो बनायो । एक बोतल मिनरल वाटर एकै पटकमा मुख ननिकाली सकेँ । बल्ल आनन्द भयो। खल्तिबाट रुमाल निकालेँ । पसिना पुछेँ । विस्तारै शरीर ओभानो भयो । अनि प्राकृतिक स्वच्छ हावासँग मस्त भएँ । हामी आराम गरेको केही मिटरपर एक परिचित आकृती जस्तै लाग्यो । थकाई मर्दै जाँदा तातेको शरीर बिस्तारै चिसिँदै गयो । मैले सम्झने कोसिस गरेँ । अहँ, त्यो मेरो लागि बिलकुलै नयाँ अपरिचित अनुहार थियो तर, पनि कतै देखे देखे जस्तो, पहिले नै बोली सकेको जस्तो लाग्यो । जति स्मरण गर्दा पनि मैले ठम्याउन सकिनँ । ह्या, जोसुकै होस् मलाई के मतलब ! मनमनै एकोहोरो सोचिरहेँ तर, आखाँ उनी बसेतिरै गईरह्यो । मैले जोडले धकेल्दै दुई नयनहरुलाई नियन्त्रण गर्दै अर्कै ठाउँतिर केन्द्रित...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage