Sajha Post
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय 
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय  काठमाडौं । भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।सुरतको अदालतले ४ वर्ष पुरानो  मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।
चिनीयाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता यूक्रेनसगँको लडाइँ रोक्न सीको प्रस्ताव
चिनीयाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता यूक्रेनसगँको लडाइँ रोक्न सीको प्रस्ताव काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका र प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले सम्मानका साथ हेरेको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।
 युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय न्यायालयद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी
 युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय न्यायालयद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट ९आईसीसी०ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।युक्रेन युद्धमा बालबालिकाहरुको हत्या भएको भन्दै पुटिनलाई पक्राउको आदेश दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले  जनाएका छन । हेगको अदालतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद सदस्य देशको प्रमुख विरुद्ध दिएको यो स्तरको यो प्रथम आदेश हो। 
सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन काठमाडौं । चीनको राष्ट्रपतिमा सि चिन फिङ चयन भएका छन् । २ कार्यकाल सम्पन्न गरिसकेका सी तेस्रो कार्यकालका लागि चयन भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।  ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन...
बेलारुसकी विपक्षी नेतृलाई देशद्रोह र सत्ता कञ्जाको षडयन्त्र गरेको आरोपमा १५ वर्ष जेल सजाय 
बेलारुसकी विपक्षी नेतृलाई देशद्रोह र सत्ता कञ्जाको षडयन्त्र गरेको आरोपमा १५ वर्ष जेल सजाय  काठमाडौं । निर्वासनमा रहेकी बेलारुसकी विपक्षी नेतृ सियात्लाना जिखानासकयालाई देशद्रोह र सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको छ । छिमेकी देश लिथुआनियामा निर्वासित जीवन बिताइरहेकी ४० वर्षीया सियात्लानालाई उनको अनुपस्थितिमा  सजाय सुनाइएको हो ।
पाकिस्तानी टेलिभिजनमा इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध
पाकिस्तानी टेलिभिजनमा इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध काठमाडौं । पाकिस्तान  सरकारले टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उनका भनाइ प्रसारण गर्न रोकेको हो ।
विश्वव्यापी तनाव कायमै रहँदा चीनले फेरि बढायो रक्षा बजेट
विश्वव्यापी तनाव कायमै रहँदा चीनले फेरि बढायो रक्षा बजेट काठमाडौं । चीनले सन् २०२३ को रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गर्ने भएको छ ।  विश्वव्यापी रूपमा नै सुरक्षा तनाव बढिरहेको अवस्थामा चीनले आफ्नो रक्षा बजेटलाई निरन्तर बढाउँदै लगिरहेको छ । यसले अमेरिका र चीनबीचको द्वन्द्वलाई थप उत्कर्षमा पुर्‍याउन सक्ने रक्षा विश्लेषकहरूले दाबी गरेका छन् । आइतबार राष्ट्रिय जनकंग्रेस (एनपीसी)...
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षपछि भेटवार्ता भएको छ । रुस–युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिकाबीच तिक्ततापूर्ण सम्बन्ध रहेकै बेला विहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ ।
Weather Update