सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भ्रष्टाचारको आरोपमा म्यान्मारको प्रजातन्त्रवादी नेतृ सुकी जेल चलान

भ्रष्टाचारको आरोपमा म्यान्मारको प्रजातन्त्रवादी नेतृ सुकी जेल चलान

साझा पोष्ट
बुधबार, वैशाख १४ २०७९
  • images
    भ्रष्टाचारको आरोपमा म्यान्मारको प्रजातन्त्रवादी नेतृ सुकी जेल चलान
    images
    १४ बैशाख, काठमाडौं । भ्रष्टाचारको आरोपमा म्यान्मारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई जेल चलान गरेको छ । सेनाले कुमार्फत सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुअरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो । तर सुचीले भने सबै आरोप आधारहीन भएको बताउँदै आएकी छिन् । राजधानी नेपिदअमा भएको बन्द इजलासपछिको आदेशबारे सञ्चारमाध्यामलाई कुनै जानकारी नगराइएको बीबीसीले उल्लेख गरेको छ । सुचीका वकिलहरूलाई पनि पत्रकारहरूसँग बोल्न रोक लगाइएको थियो । सुचीलाई ५ वर्षका लागि जेल चलान गरिएको हो । विभिन्न आरोपमा समेत दोषी करार गर्दै सैनिक सरकारद्वारा सुचीलाई ११ वर्षसम्म जेल चलान गर्न सक्ने बताइएको छ । सुकीमाथि भ्रष्टाचारसहित वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेको आरोपसमेत लगाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार