सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’ : अमेरिकी सर्वोच्च अदालत

गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’ : अमेरिकी सर्वोच्च अदालत

साझा पोष्ट
मंगलबार, वैशाख २० २०७९
  • images
    गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’ : अमेरिकी सर्वोच्च अदालत
    images
    २१ बैशाख, काठमाण्डौ । लाखौं अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भनेर चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को एतिहासिक फैसलालाई उल्ट्याउन सक्ने विषय चुहावट भएको दस्तावेजमा उल्लेख छ । दस्तावेज मंगलबार चुहावट भएको थियो । मस्यौदालाई पहिलो पटक अमेरिकी वेबसाइट पोलिटिकोले प्रकाशित गरेको थियो ।   तर, मस्यौदाले अदालतको अन्तिम निर्णयको प्रतिनिधित्व नगर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले बताएका छन । यसैबीच राष्ट्रपति जो बाइडेनले सो निर्णय अगाडि बढे स्वतन्त्रता सम्बन्धी प्रश्न उठाउने बताएका छन् । चुहावट भएको दस्ताबेजलाई ‘फस्ट ड्राफ्ट’ भनिएको छ । त्यसमा अदालतको बहुमतको राय प्रतिबिम्बित भएको देखिन्छ । रो भी वेड नामको सो मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकाका आधा राज्यहरूमा गर्भपतनमाथि रोक लाग्न सक्छ । मस्यौदा चुहावट भएको विषयलाई सर्वोच्चले गम्भीर उल्लंघन भनेको छ । प्रधानन्यायाधीश रोबर्टसले त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई निर्देशन दिएका छन्

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार