सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सी डिभिजन क्लब आरसी ३२ लाई जरिवाना र प्रतिबन्धको सजाय

सी डिभिजन क्लब आरसी ३२ लाई जरिवाना र प्रतिबन्धको सजाय

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    सी डिभिजन क्लब आरसी ३२ लाई जरिवाना र प्रतिबन्धको सजाय
    images
    २७ बैशाख, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ' सी डिभिजन लिग खेलिरहेको आरसी ३२ फुटबल एकेडेमीलाई १ लाख ५० हजार जरिवाना गरेको छ । एन्फाको अनुशासन कमिटिले लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको ठहर गर्दै १ लाख ५० हजार जरिवाना गरेको हो । यस्तै एन्फाले आरसी ३२ का खेलाडी अनिश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएको छ । खेलाडी बिदुर रिजाल र प्रविन राईलपनि एक वर्षको प्रतिबन्धमा परेका छन । एन्फाले टिम अफिसियल सन्जिब कार्की र टिम म्यानेजरलाई बाँकी खेलमा प्रतिबन्ध लगाएको छ । एन्फाले अफिसियल रविन्द्र चन्दलाई फुटबल गतिविधिमा एक वर्षको प्रतिबन्ध लगाईएको छ । क्लबका पूर्व अध्यक्ष रहेका रविन्द्र सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन् । लिग अन्तर्गत गत आइतबार पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियल म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा उत्रिएका थिए । जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो । रविन्द्र र रेफ्रीबीच चर्काचर्की चलिरहेको बेला मैदानमा रहेका खेलाडीहरु नै भीभीआईपी बक्समा गएर रेफ्रीविरुद्ध जाई लागेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार