सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

श्रीलंकामा संकट बढ्दो: कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा संकट बढ्दो: कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    श्रीलंकामा संकट बढ्दो: कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश
    images
    २८ बैशाख, काठमाण्डौ । श्रीलंकामा संकट चर्किँदै गएपछि सरकारले कर्फ्यू लगाउँदै कर्फ्यू आदेश पालना नगर्नेमाथि सरकारले ‘सुट एट साइट’को अर्डर दिएको छ। राष्ट्रपति गोटाबय राजपक्षले सरकारी सम्पत्ति र पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षसहित समर्थकको घरमा आगजनी भएपछि यस्तो आदेश दिएको हो । चर्किएको प्रदर्शन नियन्त्रण गर्न खटिएका सेना र प्रहरीले कर्फ्यू आदेश उल्लंघन गर्नेलाई देख्नासाथ गोली हान्ने आदेश पाएका छन्। राजपक्ष परिवारविरुद्ध उत्रिएका प्रदर्शकहरुले उनीहरुसहित राजपक्ष समर्थकहरु र सरकार समर्थक नेता तथा अन्य व्यक्तिको घरमा आगजनी गर्ने तथा निजी सम्पत्तिमाथि आक्रमण जारी राखेका छन ।   श्रीलंकामा जारी आर्थिक संकटका बीच गत सोमबार प्रधानमन्त्री महिन्दा राजपक्षले पदबाट राजीनामा दिएका थिए।तर उनको राजीनामाले पनि प्रदर्शन नियन्त्रण हुन सकेन । प्रदर्शनकारीहरुले आन्दोलन जारी राखेका छन्। महिन्दासँगै प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबय राजपक्षको पनि राजीनामा मागेका छन । जारी हिंसात्मक प्रदर्शनका क्रममा त्यहाँ सात जनाको ज्यान गैसकेको छ भने करीब २०० जना घाइते भएका बीबीसीले जनाएको छ । सरकारको समर्थनमा रहेका एक सांसदले भीडमा गोली चलाएर आत्महत्या गरेपछि प्रदर्शन थप चर्किएको छ। त्यसपछि प्रदर्शनकारीले सत्तासमर्थक नेता तथा सांसदको घरमा आगजनी शुरु गरेका थिए। उनीहरुले ५० बढी नेता तथा सांसदको घरमा आगजनी गरेका छन । प्रदर्शनकारीले दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा गाउँमा राजपक्ष परिवारले बनाएको विवादास्पद सङ्ग्रहालय र पैतृक घरमा पनि आगजनी गरेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा घरमा आगो दन्किँदा मानिसहरूले हर्षोल्लास मनाईरहेका देखिन्छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार