सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पुनमको पराजयसँगै विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त

पुनमको पराजयसँगै विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    पुनमको पराजयसँगै विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त
    images
    काठमाडौं । टर्कीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी पुनम रावल पराजित भएकी छिन् ।इस्तानबुलमा आइतबार राति पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रीसका मारिएला कानीसँग पराजित भएकी हुन् । प्रारम्भिक चरणमा बाइ पाएकी पुनम ग्रीसका खेलाडीसँग ५–० अंकको आधारमा पराजित भईन् ।पुनमको हारसँगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ । च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।यस अघि नेपालकी मिनु गुरुङ ५० देखि ५२ केजी तौल समूहमा जापानकी रिन्का किनोशितासँग ५-० अंकको आधारमा पराजित भएकी थिइन् ।यस्तै ४६ देखि ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङ मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी थिइन् । त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनिषासँग अंकको आधारमा पराजित भएकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार