सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगाण्डासँग १२ रनले पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगाण्डासँग १२ रनले पराजित

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगाण्डासँग १२ रनले पराजित
    images
    काठमाडौं । युगान्डाविरुद्धको पहिलो टी २० अन्तराष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पराजित भएको छ । पहिलो पटक कीर्तिपुर मैदानमा अन्तराष्ट्रिय टी २० सिरिज खेलेको नेपाल १२ रनले पराजित भयो । यो हारपछि नेपाल पाँच खेलको सिरिजमा एक शुन्यले पछाडी परेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डा महिला टिमले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय दुई रन बनायो । उसले सुरुवात भने राम्रो गर्न सकेन । मात्र एक रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटका लागि जनेट बाबाजी र केभिन ओविनोले ४५ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेकी थिइन । तर जनेट ब्यक्तिगत २९ रनमा आउट हुँदा युगान्डाले ४६ रनमा दोस्रो विकेट गुमायो । युगान्डाको स्कोर ४८ रन हुँदा तेस्रो विकेट झर्यो । नेपालका कविता कुवँले दुई तथा रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक एक विकेट लिइन । जवाफमा नेपाल २० ओभरमा नौं विकेट गुमाउँदै ९० रनमा समेटियो । नेपालका लागि ईन्दु बर्माले १६, डली भट्टले १३, बिन्दु रावलले १३ र कविता कुँवरले ११ रन जोडे । अन्य ब्याट्स वुमनले दोहरो अंकको स्कोर जोड्न सकेनन् । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार