सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल टी–२० लिगको आधिकारिक घोषणा, असोज ८ गतेदेखि शुरु हुने

नेपाल टी–२० लिगको आधिकारिक घोषणा, असोज ८ गतेदेखि शुरु हुने

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    नेपाल टी–२० लिगको आधिकारिक घोषणा, असोज ८ गतेदेखि शुरु हुने
    images
    काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको आधिकारिक घोषणा गरेको छ । बुधबार राजधानीमा कार्यकम गरी नेपालको आधिकारिक टी–२० लिग घोषणा गरिएको हो । असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ । पहिले प्रेस विज्ञप्तीमार्फत लिगको घोषणा गरेपनि क्यानले मिति घोषणा गरेको थिएन । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी–२० लिग घोषणा गर्न पाउँदा खुशी लागेको बताए । क्यानको साधारण सभाबाट दुईपटकसम्म टी–२० लिग गर्न सरकारले स्वीकृति नदिंदा रद्द गर्ने कि भन्ने सोचमा समेत पुगेको उनले बताए । दुई वर्षको मिहिनेतपछि लिग घोषणा गर्न सफल भएको उनले सुनाए । आगामी १५ दिनमा टिम लगायत सबै कुरा घोषणा हुने उनले बताए ।यसैगरी नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले यो नेपाली क्रिकेटको ऐतिहासिक दिन भएको बताए । २०७६ मा चतुर बहादुर चन्दको नयाँ नेतृत्व आएदेखि नै फ्रेन्चाइज लिग गर्ने सोचमा भए पनि कोभिड महामारी लगायतले गर्दा ढिला भएको उनले प्रष्टिकरा दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार