सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

लखनउ आईपीएलको प्ले अफमा पुग्दा कोलकाता बाहिरियो

लखनउ आईपीएलको प्ले अफमा पुग्दा कोलकाता बाहिरियो

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    लखनउ आईपीएलको प्ले अफमा पुग्दा कोलकाता बाहिरियो
    images
      काठमाण्डौ । लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल)२०२२ मा कोलकाता नाइट राइडर्सलाई दुई रनले हराउँदै प्ले अफमा पुगेको छ । योसँगै प्लेअफमा स्थान बनाउने लखनऊ दोस्रो टोली बनेको छ । कोलकाता भने बाहिरिने तेस्रो टोली बनेको छ ।   बुधवार राति  भएकाे खेलमा जितको लागि २ सय ११ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनायो । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २१ रन चाहिँएको थियो । रिन्कु सिंहले मार्कस स्टोइनिसलाई पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै अप्रत्याशित जित नजिक पुर्याएका थिए । उनले चौथो बलमा दुई रन बटुले । दुई बलमा तीन रन चाहिँएको अवस्थामा स्टोइनिसले रिन्कुलाई इविन लेविस र अन्तिम बलमा उमेश यादवलाई बोल्ड गर्दै रोमान्चक जित दिलाए । रिन्कु सिंह १५ बलमा २ चौका र ४ छक्कासहित ४० रनमा आउट भए । कोलकाताका कप्तान श्रेयस ऐरले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । साम विलिंग्स ३६ रनमा आउट भए । सुनिल नारायणले नटआउट २१ रन बनाए । तीव्र गतिका बलर मोहसिन खानले ओपनर वेंकटेश ऐरलाई शून्य र अभिजित तोमरलाई ४ रनमा आउट गरेका थिए । नितिश राणा ४२ रनमा आउट भए । लखनऊका मोहसिन खानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २ सय १० रन बनाएको थियो । लखनऊका विकेटकिपर तथा ओपनर क्वीन्टन डि ककले ७० बलमा १० चौका र १० छक्कासहित सर्वाधिक नटआउट १ सय ४० रन बनाए । डि ककले ५९ बलमा आइपिएल करिअरको दोस्रो शतक प्रहार गरे । डि ककले यसअघि २०१६ मा तत्कालिन दिल्ली डेयर डेभिल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।कप्तान लोकेश राहुल ५१ बलमा ३ चौका र ४ छक्कासहित ६८ रनमा नटआउट रहे । यस सिजनमा कोलकाता, चेन्नई सुपर किंग्स र मुम्बई प्लेअफ दौडबाट बाहिरिएका छन् । गुजरात शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ । राजस्थानले शुक्रबार चेन्नई सुपर किंग्सलाई पराजित गरेमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्नेछ । पराजित भएमा लखनऊ दोस्रो स्थानमा रहनेछ । राजस्थान पराजित भएपनि अन्तिम चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो छ । अव रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली मध्य एक टोली प्लेअफमा पुग्नेछन् । बेंगलोरले बिहीबार गुजरातसँग खेल्नेछ । बेंगलोरलाई प्लेअफमा पुग्न फराकिलो जितको आवश्यक पर्दछ । अन्तिम खेलमा दिल्लीले शनिबार मुम्बईलाई हराएमा भने बेंगलोर जितका बाबजुद बाहिरिनेछ । यदि दिल्ली र बेंगलोर दुबै पराजित भएमा पन्जाब किंग्स र सनराइजर्स हैदराबादको पनि सम्भावना बाँकी रहनेछ । अन्तिम खेलमा दिल्ली विजयी हुँदा भने बेंगलोर, हैदराबाद र पन्जाब बाहिरिने समीकरण छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार