सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दुई खेलअघि नै नेपालले गुमायो युगान्डाविरुद्धको सिरिज

दुई खेलअघि नै नेपालले गुमायो युगान्डाविरुद्धको सिरिज

साझा पोष्ट
बिहीबार , जेठ ५ २०७९
  • images
    दुई खेलअघि नै नेपालले गुमायो युगान्डाविरुद्धको सिरिज
    images
    काठमाडौं । पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा बिहीबार तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले पराजित गर्दै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको हो । यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ । नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोडिन् । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । रुबिना क्षेत्री र इन्दु वर्माले १–१ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भईन् । बिन्दु रावल ४, रोमा थापा र डोली भट्टले समान ३/३ रन जोडे । युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शुक्रबार चौंथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार