सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसियन कप छनोटका लागि नेपाली फुटबल टिम घोषणा, ‘विद्रोही’ १० खेलाडी आउट

एसियन कप छनोटका लागि नेपाली फुटबल टिम घोषणा, ‘विद्रोही’ १० खेलाडी आउट

साझा पोष्ट
शुक्रबार, जेठ ६ २०७९
  • images
    एसियन कप छनोटका लागि नेपाली फुटबल टिम घोषणा, ‘विद्रोही’ १० खेलाडी आउट
    images
    काठमाडौं ।आसन्न एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । जसमा पछिल्लो पटक विद्रोहमा उत्रिएका १० खेलाडिलाई राखिएको छैन । मुख्य प्रशिक्षक अब्दुल्लाह टिम अल्मुताइरीले बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि टोली  घोषणा भएको छ । अल्मुताइरीले शुक्रबार विद्रोही खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् । वैशाख १२ गते प्रशिक्षक अल्मुताइरीको निर्देशनमा खेलाडीले बन्द प्रशिक्षण छाड्नुपरेको बताउँदै आएका छन् । यस घटनाबारे अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको तीन सदस्यीय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै शुक्रबार प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपाली टोलीले एसियाली पावरहाउस देशसँग एसियन कप छनोट तेस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ । नेपालको समूह ए मा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्दैछ । नेपाली टोली गोलरक्षकः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा डिफेण्डरः  विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, विकास खवास  र सुमन अर्याल मिडफिल्डरः एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल,  आकाश बुढामगर, र सुरज ज्यू ठकुरी फरवार्डः  मनिष डाँगी,नवयुग श्रेष्ठ, आयुश घलान, दर्शन गुरुङ र जर्जप्रिन्स कार्की।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार