सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको सुखद् अन्त्य, युगाण्डा ३३ रनले पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको सुखद् अन्त्य, युगाण्डा ३३ रनले पराजित

साझा पोष्ट
शनिबार, जेठ ७ २०७९
  • images
    महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको सुखद् अन्त्य, युगाण्डा ३३ रनले पराजित
    images
    काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा युगान्डालाई ३३ रनले पराजित गर्दै नेपालले सुखद अन्त्य गरेको छ । सुरुवाती तीन खेल गुमाएको नेपालले शृङ्खला दुई खेल अगावै पाहुना टिम युगान्डालाई सुम्पी सकेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ओपनर ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा युगान्डालाई १ सय २४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । युगान्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनायो । सुरुवात देखिनै राम्रो प्रदर्शन गरेको नेपालका लागि सिता राना मगर र इन्दु वर्माले बलिङमा राम्रो प्रदर्शन गरे । इन्दु र सिताले चार÷चार ओभर बलिङ गर्दै समान २ विकेट लिए भने, अस्मिना कर्माचार्यले एक विकेट लिइन् । युगान्डाको ब्याटिङमा चौथो नम्बरमा क्रिजमा आएकी रिता मुुसामालीले सर्वाधिक २६ रनको योगदान गरिन् । ओपनर केभिन अविनो १५ रनमा पेभेलियन फकिँदा शाकिरा सादिक १३ रनमा अविजित रहिन् भने,अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। पाँच खेलको शृङ्खलामा लगातार तीन खेल गुमाउँदै उपाधि युगान्डालाई सुम्पिएको नेपालले त्यसपछिका दुई खेल लगातार जित्दै शृङ्खलालाई ३–२ ले सुखद रूपमा टुङ्ग्याएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार