सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द

साझा पोष्ट
आइतबार, जेठ ८ २०७९
  • images
    नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द
    images
    काठमाडौं । नेपालले अफगानिस्तानसँग खेल्ने तय भएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ ।अफगानिस्तानको टोली कतार जान नमानेपछि मैत्रीपूर्ण खेल रद्द भएको हो । एएफसी एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तय थियो ।दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुने तालिका थियो । अब नेपाली टोलीले कतारमा स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।नेपाली टोली केही दिनमा कतार जाने छ।नेपालको समूहको छनोट खेल कुवेतमा आयोजना हुनेछन ।नेपाली टोली कतारबाट कुवेत जानेछन् । छनोटमा नेपाल समूह'ए 'मा  छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन  छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछन ।नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोटका लागि नेपालले टोलीको घोषणा गरिसकेको  छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्सीय टोलीको घोषणा गरेका हुन। नेपाली टोली: गोलकिपर  दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार