सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

साझा पोष्ट
आइतबार, जेठ ८ २०७९
  • images
    म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि
    images
    काठमाण्डौ । अन्तिम खेलमा एस्टन भिल्लालाई नाटकीय ढंगले ३–२ ले हराउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गर्यो । सिटीलाई जिताउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९औं मिनेटमा गरेको गोलसँगै अग्रता दोब्बर पारेको भिल्लाले त्यसलाई जोगाउन सकेन । गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै खेल २–१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे । सिटीले नजितेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो । लिभरपुलले उल्भरह्याम्पटनलाई ३–१ ले हराएको थियो । तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो । विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंकका साथ चेल्सी र ७१ अंक जोडेको टोटेनह्याम हट्सपर चौथो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनौट भए । ६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो ।वाटफोर्ड, नर्विच सिटी र बर्न्ली पनि रेलिगेसनमा परेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार