सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दोस्रो कार्यकालका लागि एन्फा अध्यक्ष शेर्पाको उम्मेदवारी घोषणा

दोस्रो कार्यकालका लागि एन्फा अध्यक्ष शेर्पाको उम्मेदवारी घोषणा

साझा पोष्ट
सोमबार, जेठ ९ २०७९
  • images
    दोस्रो कार्यकालका लागि एन्फा अध्यक्ष शेर्पाको उम्मेदवारी घोषणा
    images
    काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन । शेर्पाले असार ६ गते हुने निर्वाचनका लागि सोमवार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन । यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र बिज्ञानराज शर्माले उम्मेदवारी दिने भएका छन् । सदस्यमा दीपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् । महिला सदस्य बाँकी छ ।उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा कोभिडको प्रभावका बीच धेरै काम भएको दाबी गरे ।   आफ्नो चार वर्षे कार्यकालमा फुटबललाई नीतिगत रुपमा अघि बढाउने काम गरेको उनकाे दावी छ । उनले आफ्नो चार वर्षे कार्यकालको मुल्याङ्कन गरेर भोट दिन मतदातालाई अपिल गरे । संस्थापन पक्षले आफ्नो पक्षमा ५३ जना भन्दा बढी भोटर खुलेको दाबी गरेको छ । एन्फा निर्वाचनमा जिल्ला, क्लब र संघबाट ८७ जनाले मतदान गर्नेछन् । पत्रकार सम्मेलनमा विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधि सहभागी थिए । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भईसकेको छ । यस अघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार