सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकाको टेक्सासमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, जेठ १० २०७९
  • images
    अमेरिकाको टेक्सासमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु
    images
    काठमाडौं । अमेरिकाको टेक्सस राज्यको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् । रोब एलिमेन्ट्री स्कुलमा १८ वर्षका किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ जना विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको हो । बीबीसीका अनुसार १८ वर्षीय साल्भादोर रामोसले गोली चलाएका थिए । प्रहरीको गोलीबाट उनी पनि मारिएका छन् । मृत्यु हुने बालबालिका ७ देखि १० वर्षसम्मका रहेको जनाइएको छ । प्राथमिक विद्यालयमा गोली चलाउनुअघि ती किशोरले आफ्नी हजुरआमालाई समेत गोली हानेर हत्या गरेको टेक्सासका गभर्नर एबोटले बताएका छन् । स्थानीय मीडियाका अनुसार ति किशोर सोही क्षेत्रको हाई स्कूलमा पढ्ने विद्यार्थी थिए । उनले मिलिट्री ग्रेडका दुईवटा राइफ़ल किनेका थिए । राईफल किनेर घर पुगेपछि उनले आफ्नी हजुर आमाको हत्या गरी नजिकैको विद्यालय पुगेर अन्धाधुन्ध गोली चलाएका थिए । उक्त विद्यालयमा ५ देखि ११ वर्ष उमेरका करिव पाँच सय बालबालिका पढ्ने गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो किसिमको दुर्घटना विश्वमा विरलै हुने गरेको भन्दै भर्त्सना गरेका छन् ।
    अमेरिकामा यस्ता घटनामा परि वर्षमा हजारौंको ज्यान जाने गरेको छ । जसका कारण हतियारको खुल्ला विक्रिवितरणमा रोक लगाउनुपर्ने आवाज बढ्दै गएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार