सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल टी–ट्वेन्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

नेपाल टी–ट्वेन्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

साझा पोष्ट
बुधबार, जेठ ११ २०७९
  • images
    नेपाल टी–ट्वेन्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक
    images
    काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वेन्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक भएको छ । । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाम तय गरेको हो । कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–ट्वेन्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न नाम पक्का गरिएको छ । क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाईज प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा ६ टिम हुने बताईएको थियो । तर टिमको नाम सार्वजनिक गरिएको थिएन । क्यानले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनीक गरेको हो । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार