सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

साझा पोष्ट
बुधबार, जेठ ११ २०७९
  • images
    नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान
    images
    काठमाण्डौ । एसियन कप छनोट र त्यसअघिको तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । नेपाली टोली जेठ ११ देखि २० गते सम्म कतारमा प्रशिक्षणमा रहनेछ । त्यहाँ रहँदा टोलीले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्नेछ । टिमोर लिस्टेसँग शनिबार र ओमानसँग अर्को साताको शुक्रबार खेल हुनेछ । जेठ २१ गते टोली कुवेत जानेछ । टोलीले जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर असार १ मा स्वदेश फर्कनेछ । नेपाल रहेको समूह एमा कुवेत, जोर्डन, इन्डोनेसिया छन । एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीको विवादकाबीच नवयुग श्रेष्ठ नयाँ कप्तान नियुक्त भएका छन् । देश बाहिर रहेका किरण चेम्जोङसहित बन्द प्रशिक्षण छोडेका ११ खेलाडी विना नै राष्ट्रिय टोलीको अन्तिम छनोट गरेपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका छन् । खेलाडिले प्रशिक्षकले प्रशिक्षण छोड्न बाध्य पारेको बताउँदै आएका छन । नेपाली  टोली : गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार