सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बटलरको आक्रामक शतक मद्दतले राजस्थान १४ वर्षपछि आईपीएलको फाईनलमा

बटलरको आक्रामक शतक मद्दतले राजस्थान १४ वर्षपछि आईपीएलको फाईनलमा

साझा पोष्ट
शुक्रबार, जेठ १३ २०७९
  • images
    बटलरको आक्रामक शतक मद्दतले राजस्थान १४ वर्षपछि आईपीएलको फाईनलमा
    images
    काठमाण्डौ । जोस बटलरले आक्रामक ब्याटिङ गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदैद राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो । नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको एक सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर बलमा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले नटआउट एक सय ६ रनको योगदान गरे । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसपालिको आईपीएलमा बटलरको यो चौथो शतक हो । यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र यशस्वी जैसवालले २१ रन बनाए ।बेंगलोररका जाेस हेजलवुडले दुई र वनिन्दु हसरंगाले एक विकेट लिए । तर यो हार टार्न पर्याप्त भएन । यसअघि टस हारेर ब्याटिङमा गरेको बेंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रनको योगफल तयार गरेको थियो ।बैंगलोरका रजत पाटीदारले सर्वाधिक ५८ रन बनाएका थिए । बैंगलोरको खातामा कप्तान फाफ डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन जोडे । राजस्थानका प्रसिद्ध क्रिष्णा र ओबेड म्याकोनीले समान तीन विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान १४ वर्षपछि आईपीएलको फाईनलमा पुगको हो । २००८ मा शेन वार्नको नेतृत्वमा फाईनल पुगेको यो टोलीले त्यतिबेला उपाधि जितेको थियो । बेंगलोरको यसपटक पनि उपाधि जित्ने सपना टुटेको छ । तीन पटक फाईनल पुगेपनि यो टोलीले उपाधि जित्न सकेको छैन । राजस्थानले उपाधिका लागि आइतबार आजकै रंगशालामा उपाधिका लागि गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार