सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युक्रेनको लाईमन शहर रुसको कब्जामा

युक्रेनको लाईमन शहर रुसको कब्जामा

साझा पोष्ट
शुक्रबार, जेठ १३ २०७९
  • images
    युक्रेनको लाईमन शहर रुसको कब्जामा
    images
    काठमाण्डौ । रुसी सेनाले युक्रेनको डोनत्स्क क्षेत्रको लाइमन सहर कब्जा गरेको छ । पछिल्लो डेढ सातायता लगातार भारी मात्रामा आक्रमण गरिरहेको रुसले यो सहर नियन्त्रणमा लिएको युक्रेनले पनि स्विकारेको छ । यसअघि नै रुस समर्थित पृथकतावादीको बाहुल्य रहेको यो सहर आफूहरुले गुमाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आलेक्सी एरिस्टाभिचले बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन ।   ‘अप्रामाणित तथ्यांकअनुसार हामीले लाइमन सहर गुमायौं,’ शुक्रबार एक भिडियो सन्देशमा एरिस्टाभिचले भनेका छन्, ‘रुसले आक्रमण व्यवस्थित र एकिकृत गरेको छ ।’ डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले लाइमन सहर मुख्य रुपमा रुसी सेनाको नियन्त्रणमा रहेको बताएका छन । रुसको सैनिक परिचालन, व्यवस्थापन र रणनीतिक दक्षताको स्तर बढेको यसले देखाएको पनि युक्रेनको बुझाई छ । लाइमन युक्रेनको ठूलो सहर नभएपनि  रुससँग रणनीतिक रुपमा सम्बन्ध भने राख्छ । युक्रेनको यो प्रमुख रेल्वे हब हो । मुख्य सहरहरुसँग जोडिने सडक सञ्जालमा समेत जोडिएको छ । मुलककै दक्षिण–पश्चिम क्षेत्रमा सामग्री ढुवानी गर्ने एक प्रमुख विन्दु मानिने स्लोभिन्स्क सहर यहाँबाट २० किलोमिटरको मात्रै दूरीमा पर्छ । यसकारण पनि लाइमनमाथि कब्जा जमाउनु रुसका लागि महत्वपूर्ण प्राप्तिको रुपमा विश्लेषण गरिएको छ । यसै साता रुसले कब्जा गरेको यो दोस्रो सहर पनि हो । यसबाहेक पछिल्लो डेढ सातायता डोनबास क्षेत्रका अन्य दुई सहर सेभिरोडोनेत्स्क र लिसिचान्स्कमा समेत भारी आक्रमण जारी छ । तर अझै पनि युक्रेनी सेनाले नियन्त्रण गुमाइसकेको छैन । स्थानीय अधिकारीका अनुसार यहाँका ९० प्रतिशत भवन र ६० प्रतिशत घर ध्वस्त भइसकेका छन् । रुसले आक्रमण थालेयता यहाँका १५ सय सर्वसाधारणको ज्यान गइसकेको छ । मस्कोले भ युक्रेनकै मुख्य औद्यौगिक क्षेत्र मानिने डोनबास क्षेत्र ९डोनेत्स्क र लुहान्त्स्क० लाई पूर्ण रुपमा कब्जा गर्ने उद्देश्य रहेको स्पष्ट पारेको छ । यो क्षेत्रमा रुस समर्थित पृथकतावादीको बाहुल्यता छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार