सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपली राष्ट्रिय क्रिकेट टोली अमेरिका प्रस्थान

नेपली राष्ट्रिय क्रिकेट टोली अमेरिका प्रस्थान

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    नेपली राष्ट्रिय क्रिकेट टोली अमेरिका प्रस्थान
    images
    काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको थियो । नेपाल क्रिकेट संघ क्यानले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिदाइ गरे । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हारेको छ । नेपालले सिरिज अघि दुई अभ्यास खेल खेल्नेछ । क्यानले नेपाली टोलीले अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्ससँग एकदिवसीय अभ्यास खेल खेल्ने जनाएको छ । नेपालले अल स्टार्ससँग जुन २ र हरिकेन्ससँग जुन ४ मा खेल्ने तालिका रहेको छ। नेपाली टिम सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो, सागर ढकाल

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार