सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मैत्रीपूर्ण खेलमा नेपाल आज पाैने दश बजे टिमोर लिस्टेसित खेल्दै

मैत्रीपूर्ण खेलमा नेपाल आज पाैने दश बजे टिमोर लिस्टेसित खेल्दै

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    मैत्रीपूर्ण खेलमा नेपाल आज पाैने दश बजे टिमोर लिस्टेसित खेल्दै
    images
    काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो खेल टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका छ । तर, दुबै खेल मैत्रीपूर्ण अभ्यास खेलका रुपमा छन । फिफाले दुई मैत्रीपूर्णलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छ । छनोटमा नेपाल समूह 'ए' मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछन । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार