सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले टिमोर लिस्टेसँग २–२ को बराबरी खेल्यो

नेपालले टिमोर लिस्टेसँग २–२ को बराबरी खेल्यो

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    नेपालले टिमोर लिस्टेसँग २–२ को बराबरी खेल्यो
    images
    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलम टिमोर लिस्टेको यू–२३ टोलीसँग बराबरी खेलेको छ । शनिवार राति दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कियो र गोल फर्कायो ।४४औं मिनेटमा नेपाल पछि परेको थियो । लगत्तै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमोर लिस्टेले नेपालविरुद्ध अग्रता दोब्बर बनायो । ५१औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ७२औं मिनेटमा नेपाललेअर्को गोल थप्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।   एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेलको हो ।अब नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने छ ।नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ । छनोटमा नेपाल समूह ुएु मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछन । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार