सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

च्याम्पियन्स लिगको उपाधि रियललाई

च्याम्पियन्स लिगको उपाधि रियललाई

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    च्याम्पियन्स लिगको उपाधि रियललाई
    images
    काठमाण्डौ । युइएफए च्याम्पियन्स लिग फूटबलको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल यो सिजनको च्याम्प्यिन बनेको हो । रियलको यो कीर्तिमानी १४औं पल्ट उपाधि जित्यो । फ्रान्को पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको १६औं मिनेटमा मोहम्मद सलाहले गरेको प्रहार रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे । २१औं मिनेटमा साडियो मानेले पनि मौका खेर फाले । ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड सावित भयो । ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले रोके । । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाए ।त्यसपछि ६४औं र ६९औं मिनेटमा सलाहकै प्रहारलाई रियलका गोलरक्षक कोर्टुवाले असफल पारे । ७९औं मिनेटमा सलाहको प्रहार डिफ्लेक्ट हुँदा डिएको जोटाले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुल बराबरी गर्नबाट चुक्यो । त्यसपछि दुवै टिमले प्रयास गरेपनि गोल भएन र रियल च्याम्पियन बन्न सफल भयो । सन् २०१८ पछि च्याम्पियन बनेको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भयो । । पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार