सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएल जित्न गुजरातलाई १३१ रनको लक्ष्य

आईपीएल जित्न गुजरातलाई १३१ रनको लक्ष्य

साझा पोष्ट
आइतबार, जेठ १५ २०७९
  • images
    आईपीएल जित्न गुजरातलाई १३१ रनको लक्ष्य
    images
    काठमाण्डौ । ईन्डियन प्रिमियर लिगको फाईनलको उपाधि जित्न गुजराज टाईटन्सले १ सय ३१ रनको लक्ष्य पाएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले कमजोर प्रदर्शन गर्दै १३० रन बनाउँदै गुजरातलाई सामान्य लक्ष्य दिएको हो । राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३० रन बनाउँदा जोश बटलरले सर्वाधिक ३९ र यशस्वी जैसवालले २२ रनको योगदान गरे । राजस्थानलाई सस्तैमा सीमित गर्न गुजरातका कप्तान हार्दिक पाण्ड्याले तीन र रवि श्रीनिवासन साई किशोरले दुई विकेट लिए । पहिलो पटक आईपीएल खेलिरहेको गुजरात पहिलो उपाधिको खोजीमा छ भने राजस्थान पनि सन् २००८ पछि पहिलो उपाधि जित्ने प्रयासमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार