सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलको उपाधि गुजरात टाईटन्सले जित्यो , फाईनलमा राजस्थान सात विकेटले पराजित

आईपीएलको उपाधि गुजरात टाईटन्सले जित्यो , फाईनलमा राजस्थान सात विकेटले पराजित

साझा पोष्ट
आइतबार, जेठ १५ २०७९
  • images
    आईपीएलको उपाधि गुजरात टाईटन्सले जित्यो , फाईनलमा राजस्थान सात विकेटले पराजित
    images
    काठमाण्डौ । ईन्डियन प्रिमियर लिग आईपीएलको उपाधि नयाँ टिम गुजरात टाईटन्सले जितेको छ । फाईनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै उपाधि कब्जा गरेको हो । नरेन्द्र पहिलो पटक आईपीएल खेलिरहेको गुजरातले १ सय ३१ रनको लक्ष्य ११ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि डेविड मिलरले १९ बलमा नटआउट ३२ रन बनाए । यस्तै शुभमन गिलले नटआउट ४५ र कप्तान हार्दिक पाण्ड्याले क्रिज छोड्नु अघि ३४ रन जोडे । १९ ओभरको पहिलो बलमा शुभमन गिलले छक्का प्रहार गर्दै गुजरातलाई उपाधि दिलाए । टेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र युजवेबन्द्र चहलले समान एक विकेट लिए ।नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले कमजोर प्रदर्शन गर्दै १३० रन बनाउँदै गुजरातलाई सामान्य लक्ष्य दिएको थियो । राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३० रन बनाउँदा जोश बटलरले सर्वाधिक ३९ र यशस्वी जैसवालले २२ रनको योगदान गरे । राजस्थानलाई सस्तैमा सीमित गर्न गुजरातका कप्तान हार्दिक पाण्ड्याले तीन र रवि श्रीनिवासन साई किशोरले दुई विकेट लिए । सन् २००८ देखि शुरु भएको आईपीएलको पहिलो उपाधि राजस्थानले जितेको थियो । तर त्यसपछि उसले उपाधि जित्न सकेको छैन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार