सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले स्कटल्याण्डमा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

नेपालले स्कटल्याण्डमा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

साझा पोष्ट
मंगलबार, जेठ १७ २०७९
  • images
    नेपालले स्कटल्याण्डमा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक
    images
    काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज आगामी जुलाईमा हुनेछ ।सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका  छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेल हारेको छ । लिग टु अन्तर्गतकै सिरिजका लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार