सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हार्दिक पटेल भाजपामा प्रवेश गर्दै, मोदीको गरे प्रंशसा

हार्दिक पटेल भाजपामा प्रवेश गर्दै, मोदीको गरे प्रंशसा

साझा पोष्ट
बिहीबार , जेठ १९ २०७९
  • images
    हार्दिक पटेल भाजपामा प्रवेश गर्दै, मोदीको गरे प्रंशसा
    images
    काठमाण्डौ । दुई हप्ताअघि भारतीय राष्ट्रिय कंग्रेस पार्टी छोडेका हार्दिक पटेल भारतीय जनता पार्टीमा प्रवेश गर्ने भएका छन्।बिहीबार ट्वीटरमार्फत उनले भाजपा प्रवेश गर्न लागेको जानकारी दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनको नेतृत्वमा काम गर्न चाहेको पटेलले उल्लेख गरेका छन । ‘राष्ट्रहित, प्रदेशहित, जनहित एवं समाज हितको भावनाका साथ आजबाट नयाँ अध्यायको प्रारम्भ गर्न जाँदै छु।’ पटेलले लेखेका छन्– भारतका यशस्वी प्रधानमन्त्री श्री नरेन्द्र भाइ मोदीजी को नेतृत्वमा चलिरहेको राष्ट्रसेवाको भगीरथ कार्यमा सानो सिपाही बनेर काम गर्नेछु।’ सन् २०१५ को पाटिदार आन्दोलनबाट चर्चामा आएका पटेल सन् २०१९ को लोकसभा चुनावअघि कंग्रेसमा प्रवेश गरेका थिए।पटिदार आन्दोलनताका भाजपा र उसका नीतिका खरो आलोचक पटेललाई कंग्रेसले गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनाएको थियो।पछिल्लो समय कंग्रेस नेतृत्वसँग कुरा नमिलेको भन्दै पटेल असन्तुष्ट थिए। गत मे १८ मा उनले कंग्रेस त्यागेका थिए। मोदीको गृहप्रदेश गुजरातमा यो वर्षको अन्त्यमा विधान सभा चुनाव हुँदैछ। चुनावअघि भाजपाले पटेललाई स्वागत गर्न लागेको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार