सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

यू-१९ नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन, कतार ७९ रनले पराजित

यू-१९ नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन, कतार ७९ रनले पराजित

साझा पोष्ट
बिहीबार , जेठ १९ २०७९
  • images
    यू-१९ नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन, कतार ७९ रनले पराजित
    images
    काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनाउन सक्यो। कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४ रन जोडे । कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिईन । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २ २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाईन । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन । सानु राजवंशी २१, अन्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन जोडेर आउट भए । कतारकी साची ढड्वाल र अलिना खानले १-१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार