सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुसले २० प्रतिशत भूभाग कब्जा गर्‍याे: युक्रेनी राष्ट्रपति

रुसले २० प्रतिशत भूभाग कब्जा गर्‍याे: युक्रेनी राष्ट्रपति

साझा पोष्ट
शुक्रबार, जेठ २० २०७९
  • images
    रुसले २० प्रतिशत भूभाग कब्जा गर्‍याे: युक्रेनी राष्ट्रपति
    images
    काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले २० प्रतिशत भूभाग कब्जा गरेको बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन  पुग्नु एक दिन अघि विहीवार लक्जेम्बर्गमा सांसदहरूलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै उनले २० प्रतिशत भूभाग गुमाएको बताएका हुन । दुई देशबीचको फ्रन्टलाइन एक हजार किलोमिटरसम्म फैलिएको र रुससँगको लडाइँका लागि सेना सीमा क्षेत्रमा तैनाथ रहेको पनि उनले जानकारी दिएका छन ।रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ। बेलायती रक्षा अधिकारीहरूले रुसले सहरको अधिकांश भाग कब्जा गरेको बताएका छन्।   सेभेरोडोनेत्स्क युक्रेनी नियन्त्रणमा रहेको सबैभन्दा पूर्वी शहर हो । यसका गभर्नर सेर्ही हाइडाइले भने, 'रसियाले सहरको सुरक्षालाई चारैतिरबाट तोड्न खोजिरहेको छ।' यद्यपि उनले युक्रेनी सैनिकहरूले जवाफी कारबाही गरिरहेको र 'शत्रु'लाई पछाडि धकेलिरहेको बताए। उनले सहरका सडकमा चर्को लडाइँका कारण मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम ‘अत्यन्तै खतरनाक’ बन्दै गएको बताए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार