सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रोहितकाे शतक र सोमपालको उत्कृष्ट वलिङमा नेपाल २९ रनले विजयी

रोहितकाे शतक र सोमपालको उत्कृष्ट वलिङमा नेपाल २९ रनले विजयी

साझा पोष्ट
आइतबार, जेठ २२ २०७९
  • images
    रोहितकाे शतक र सोमपालको उत्कृष्ट वलिङमा नेपाल २९ रनले विजयी
    images
    काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा जित निकालेको छ ।प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा शनिबार राति भएको खेलमा नेपालले टेक्ससको ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो ।हरिकेन्सविरुद्ध कप्तानी गरेका रोहित कुमार पौडेलले शतकीय इनिङ्स खेले । पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५० रन जोड्यो । नेपालका लागि रोहितले १ सय १ रन बनाए ।यस्तै आरिफ शेखले ४१ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले २४ रन बनाए । देव खनाल १९ सुनिल धमला १३ र करण केसी १२ रनमा आउट भए ।हरिकेन्सका मोहम्मद इलियासले ५ र हरमित सिंहले २ विकेट लिए ।२ सय ५१ रनको लक्ष्य छ्याएको हरिकेन्स ४३ ओभर ३ बलमा अलआउट हुँदै २ सय २१ रन सीमित भयो ।हरिकेन्सका निनाद निम्बालकरले ९९ रन बनाए, तर उनले टिमको हार टार्न सकेनन । यस्तै एन्ड्रिस गौसले २८, रमिज राजाले २२ र गौरव बजाजले १५ रन बनाए । नेपालका सोमपाल कामीले ५ विकेट लिए । किशोर महतो र सागर ढकालले २–२ विकेट लिए ।यस अघि नेपालले नेपालका पूर्व खेलाडीको क्लब नेपाली अल स्टार्ससँग अभ्यास खेलेको थियो । अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास खेल खेलको हो । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९ मा खेल्नेछ ।दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा हुनेछ । तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा अमेरिकाविरुद्ध जुन १५ मा हुनेछ ।लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ ।अहिलेसम्म १२ खेल खेलेको नेपालले ६ जित निकाल्दा ६ खेलमा हार व्यहोरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार