सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रुसले लगायो प्रतिबन्ध

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रुसले लगायो प्रतिबन्ध

साझा पोष्ट
बुधबार, जेठ २५ २०७९
  • images
    दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रुसले लगायो प्रतिबन्ध
    images
    काठमाण्डौ । रुसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ। ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१ अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ। रुसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा मस्कोले अमेरिकी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको हो। विदेश मन्त्रालयले अग्रणी सैन्य–औद्योगिक निगम, रेटिङ एजेन्सी, विमान र जहाज निर्माण कम्पनीका प्रमुखलगायत अमेरिकी नागरिकलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ। यसका साथै रुसी साइबर हमलाबारे दूर्भावनापूर्ण झूठा समाचार फैलाउने अमेरिकी विदेश मन्त्रालयका अधिकारीलाई पनि सूचीमा राखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । बुचालगायत युक्रेनमा गरेको अत्याचारको विरोधमा अमेरिकासहित औद्योगिक राष्ट्रको समूह (जी सेभेन) र युरोपेली संघ (इयू) ले रुसमाथि गम्भीर आर्थिक प्रतिबन्ध लगाएको छ। युक्रेनमा गरेको कारबाहीमा रुसलाई जवाफदेही बनाउने संयन्त्रको एक अंशको रूपमा अमेरिकाले मस्कोमाथि नयाँ लगानी प्रतिबन्ध लगाएको बताउँदै आएको छ । यसैबीच, अमेरिकी अर्थमन्त्रालयका एकजना अधिकारीले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि संयुक्त राज्यले लगाएका प्रतिबन्ध मस्कोले आफ्नो व्यवहार परिवर्तन गरेमा हटाउन सक्ने बताएका छन्।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार