सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

यू-१९ महिला विश्वकप छनोटको अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

यू-१९ महिला विश्वकप छनोटको अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

साझा पोष्ट
बुधबार, जेठ २५ २०७९
  • images
    यू-१९ महिला विश्वकप छनोटको अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित
    images
    काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले विजयी भएको छ । युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडीन् । नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३-३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् । किरण कुमारी कुँवर सुन्य रनमा आउट भईन् । यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गर्यो । शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने यू १९ को विश्वकप खेल्नेछ । नेपालको विश्वकप सपना भने यस अघि नै समाप्त भईसकको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार