सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चिनियाँ राष्ट्रपतिले गरे ९ देशका लागि नयाँ राजदूत नियुक्त

चिनियाँ राष्ट्रपतिले गरे ९ देशका लागि नयाँ राजदूत नियुक्त

साझा पोष्ट
बिहीबार , जेठ २६ २०७९
  • images
    चिनियाँ राष्ट्रपतिले गरे ९ देशका लागि नयाँ राजदूत नियुक्त
    images
    एजेन्सी । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार ९ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा राजदूत नियुक्त गरेको उल्लेख गरिएको छ। नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्बेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ भने झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ । वाङ सुइकुनलाई रुवाण्डाका लागि राजदूत नियुक्त गरिएको छ । लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ । राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् भने झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् । त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्याण्डका लागि राजदूत नियुक्त गरिएको छ । जमैकाका लागि चेन दाओजियाङलाई नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार