सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईसीसी लीग टु क्रिकेटः ब्याटिङमा लय गुमाएको नेपाल

आईसीसी लीग टु क्रिकेटः ब्याटिङमा लय गुमाएको नेपाल

साझा पोष्ट
शुक्रबार, जेठ २७ २०७९
  • images
    आईसीसी लीग टु क्रिकेटः ब्याटिङमा लय गुमाएको नेपाल
    images
    काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई २११ रनमा रोक्दा धेरैलाई लागेको थियो नेपालले सहज जित निकाल्नेछ । र समान अंक बनाउँदै रनरेटमा सुधार गरेर नामिबियालाई पछि पार्नेछ । किनकी नामिवियाको १४ खेलबाट १४ अंक छ भने नेपालको १२ खेलबाट १२ अंक  । तर परिणाम सोचे जस्तो आएन । नेपाल फेरि ब्याटिङमा चुक्यो र १३ रनले पराजित भयो । बलिङमा नेपालले शुरुदेखि नै दबाब सिर्जना गर्यो ।  ओमानले खाता खोल्न नपाउँदै नेपालका फास्ट बलर करण केसीले  पहिलो बलमै  विकेट लिए। ओपनर कश्यप प्रजापति गोल्डेन डक आउट भए ।   २६ रन बनाउँदा उसले दोस्रो विकेट खेर फाल्यो । अर्का ओपनर जतिन्दर सिंहपनि ११ रनमा आउट भए । नेपाली बलर अगाडी खुलेर खेल्न नसकेको ओमानले ५३ रन बनाउँदा तेस्रो विकेट गुमायो । उसका सोयब खानलाई २७ रनमा सन्दीप लामिछानेले पेभेलियन फर्काए । लगत्तै सन्दीपले नै मोहम्मद नदिमलाई ब्यक्तिगत एक रनमा बोल्ड गरेपछि ओमानले ५५ रनमा चौथो विकेट गुमायो । त्यसपछि आयान खालाई करण केसीले सोमपालको हातबाट ब्यक्तिगत आठ रनमा क्याच आउट गरे । जतिबेला स्काेर ८६ थियाे । छैटौं विकेटका लागि खवार अली र कप्तान जिसन मक्सुदले ६० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरे ।   अली ब्यक्तिगत ३० रनमा आउट भए । अन्तिमसम्म क्रिजमा टिकेका जिसनले उत्कृष्ट शतक बनाए । उनले एक सय २६ बलमा १२ चौकाको मद्दतले एक सय चार रन जोडे । नेपालका लागि करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई विकेट लिए । जवाफमा नेपाल ४९ ओभर चार बलमा एक सय ९८ रनमा अलआउट भयो । नेपालले निकै सुस्त सुरुवात गर्यो । मात्र सात रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ४० रनमा दोस्रो विकेट खेर फाल्याे  । ओपनर सुवास खकुरेल तीन रनमा आउट भए भने सुनील धमलाले ३८ बल खेल्दा मात्र १२ रन बनाए ।  नेपालले ७१ रनमा तेस्रो विकेट गुमायो । रोहित पौडेलले १७ बलमा तीन चौकाको मद्दतले २० रन बनाए । त्यसपछि लयमा रहेका देब खनाल ब्यक्तिगत ३४ रनमा आउट हुँदा नेपालले ७९ रनमा चौथो विकेट गुमायो । नेपाली टिमको मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । दीपेन्द्रसिंह ऐरी १६ रनमा आउट हुँदा नेपालले एक सय चार रनमा पाँचौं विकेट गुमायो । त्यसपछि एक सय ४१ रनमा बिनोद भण्डारी आउट भए । उनी विनोदले ४६ बल खेलेर १४ रन बनाउँदै एलबीडब्लु धरापमा परे ।  करण केसी ब्यक्तिगत आठ रनमा आउट हुँदा नेपालले एक सय ५४ रनमा सात विकेट गुमायो । नेपाललाई अन्तिम तीन ओभरमा जितका लागि ३१ रन चाहिएको थियो । तर सोमपाल कामी  १३ रन बनाएर आउट हुँदा नेपालकाे एक सय ८३ रनमा आठौं विकेट पतन भयाे । नेपाललाइ अन्तिम दुई ओभरमा जितका लागि २० रन आवश्यक थियो । जुन अहिलेकाे क्रिकेटमा सम्भव नै मानिन्छ । तर  सन्दीप लामिछाने दुई रनमा रन आउट भए । जसका कारण नेपालले एक सय ९७ रनमा नवाै‌ विकेट गुमायो । एकातिर आरिफ शेख डटेर ब्याटिङ गरिरहेका थिए, तर अर्कोतिर नेपाली ब्याट्सम्यान क्रिजमा आउने र जाने क्रम चलिरह्यो । नेपालको आशाका रुपमा रहेका उनीपनि दुई बल बाँकी छँदै आउट भए र नेपाल पराजित भयो । आरिफ शेखले संयमित हुँदै ब्याटिङ गरेर अर्धशतक बनाए । उनले टिमका लागि ६६ रनको योगदान गरे । उनको एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक हो भने ओडीआई करियरको उच्च स्कोरपनि हो । नेपालका लागि आरिफ शेख र देव खनालले मात्रै सम्झन लायक प्रदर्शन गरे । अन्तिम ओभरमा नेपाललाई जितका लागि १४ रन चाहिएकोमा आरिफ शेखले सुरुवाती तीन बल डट खेलेका थिए भने चौथो बलमा आउट हुन पुगे । ओमानले यो जितसँगै लिग टु को शीर्ष तीनको स्थान लगभग पक्का गरेको छ । नेपालको १३ खेलमा १२ अंक छ भने शीर्ष स्थानको ओमानको ३४ खेलमा ४२ अंक भएको छ । अब नेपालले अमेरिकाविरुद्ध शनिबार, ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार