सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतीय अभिनेता सलमान खानकाे हत्या प्रयास

भारतीय अभिनेता सलमान खानकाे हत्या प्रयास

साझा पोष्ट
शुक्रबार, जेठ २७ २०७९
  • images
    भारतीय अभिनेता सलमान खानकाे हत्या प्रयास
    images
    एजेन्सी । भारतीय अभिनेता सलमान खानमाथि हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा गोली हानी हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए । सलमान खान र ग्याङस्टर लरेन्स बिस्नोइका नाइके जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ । यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार