सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आफूलाई पिटर महानसँग तुलना गर्दै राष्ट्रपति पुटिनले भने- युक्रेनलाई चाँडै रुसी भूमि घोषणा गरिनेछ

आफूलाई पिटर महानसँग तुलना गर्दै राष्ट्रपति पुटिनले भने- युक्रेनलाई चाँडै रुसी भूमि घोषणा गरिनेछ

साझा पोष्ट
शनिबार, जेठ २८ २०७९
  • images
    आफूलाई पिटर महानसँग तुलना गर्दै  राष्ट्रपति पुटिनले भने- युक्रेनलाई चाँडै रुसी भूमि घोषणा गरिनेछ
    images
    काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई अठारौँ शताब्दीका रुसी सम्राट पिटर महानसँग तुलना गरेका छन् । उनले युक्रेनमाथिको आक्रमण साम्राज्य विजयको एक हिस्सा भएको पनि बताएका छन् । रुसी जार तथा पहिलो रुसी सम्राट पिटरको ३ सय ५० औँ जन्मजयन्तीका अवसरमा राजधानी मस्कोमा आयोजित एक प्रदर्शनीमा सहभागी पुटिनले आफूलाई पिटर महानसँग तुलना गरेका हुन । 'पिटर महानले २१ वर्ष सम्म ‘नर्दन वार’को नेतृत्व सम्हालेका थिए । उनले स्विडेनसँग पनि लडेको र भूभाग कब्जा गरेको देखिन्छ ।’ रुसी युवा उद्यमी तथा वैज्ञानिकसँगको भेटघाटमा पुटिनले भने– तर उनले जितेको भूभाग फिर्ता दिए ।' पुटिनले युक्रेनी भूभागलाई अन्ततः चाँडै नै रुसी भएको घोषणा गरिने विश्वास रहेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुटिनले स्मरण गर्दै भनेका छन – 'पिटर महानले सेन्ट पिटर्सवर्गमा नयाँ राजधानी बसाल्दा कुनै पनि युरोपेली मुलुकले त्यसलाई रुसको हो भनेर मान्यता दिएका थिएनन् । सबैले त्यसलाई स्विडेनी मान्यता दिएका थिए ।'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार