सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पूर्व राष्ट्रपतिलाई १० बर्ष जेल सजायको फैसला

पूर्व राष्ट्रपतिलाई १० बर्ष जेल सजायको फैसला

साझा पोष्ट
शनिबार, जेठ २८ २०७९
  • images
    पूर्व राष्ट्रपतिलाई १० बर्ष जेल सजायको फैसला
    images
    एजेन्सी । बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो । ५४ वर्षिया अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । अनेजले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको छिन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ । पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् । संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले सजायको फैसला गरिएको अदालतको भनाई छ । विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोप लगाइएको छ । दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिएन् । अनेज राजनीतिमा आउनु अघि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार